सुदूरपश्चिम प्रदेश सरकार विस्तार अन्योलमा

धनगढी- नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलले सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनको वातावरण अझै नबनेको बताएको छ ।

धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्रसिंह रावलले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) संसदीय दलका नेता दीर्घ बहादुर सोडारी नेतृत्वको प्रदेश सरकारमा आफूहरू सहभागी हुने वातावरण बन्न नसकेको बताए । “हामी सरकारमा सहभागी हुने वातावरण बनेको छैन,” उनले भने ।

Navadurga sun

समाजवादीका नेता सोडारी नेतृत्वको सरकारलाई विश्वासको मत दिएको एमालले तत्काल सरकारमा भने नजाने निणर्य पहिले नै गरेको हो ।

एमालेले यो निणर्य परिवर्तन नगर्दा मन्त्रिपरिषद्ले पूणर्ता पाउन सकेको छैन । सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेशसभामा पेस गरेको नीति तथा कार्यक्रमप्रति भने आफूहरूको स्वामित्व रहेको बताउँदै नेता रावलले पत्रकार सम्मेलनमा भने, “अब बजेट कस्तो आउँछ त्यसका लागि दबाब बनाउँदैछौँ ।”

ADD Khali jpg
ADD Khali jpg
Loading...