Division ban Pahalmanpur

अत्तरियामा आकर्षक ऐसी सहितको हेयर सैलुन खुल्यो

Sostya office Dadeldhura
Purbadhar dadeldhura

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं १ अत्तरियामा आकर्षक सजावटको सुरज हेयर सैलुन सञ्चालनमा आएको छ । उक्त हेयर सैलुन अत्तरिया चोक देखि करिब २५० मिटर नजिक धनगढी रोडमा सञ्चालनमा आएको हो ।

Malpot office dadeldhura

१० वर्ष देखि अत्तरियाको सिद्धार्थ (सृजनशील) टोलमा सुरज हेयर कटिङ्ग सञ्चालन गर्दै आएका सञ्चालक सुरज बस्नेतले सोमबार देखि नयाँ सुविधा सम्पन्न व्यवस्थापनका साथ उक्त हेयर कटिङ्ग सञ्चालनमा ल्याएका हुन् ।

सुविधा सम्पन्न सैलुनको सुरज हेयर कटिङ्ग नाम दिएर सञ्चालनमा ल्याएको हो । सञ्चालक अत्तरियाका स्थानीय युवा सुरज बस्नेतले आफूले विभिन्न सुविधा सहित उक्त हेयर सैलुन सञ्चालनमा ल्याएको जानकारी दिए । 

उनले सञ्चालन ल्याएको हेयर सैलुनमा अनुभवी कपाल काट्नेद्वारा आकर्षक डिजाइनका ग्राहकले चाहेको जस्तै कपाल, दारी काटिने भएको र ग्राहकले फोटो देखाएको सोही डिजाइनका कपाल काटिने जानकारी दिए । उनले हेयर सैलुनमा ग्राहकहरुको लागी हेयर बाथिङ साथै हेयर स्पा जसले कपालमा भएका फोहोर हटाउने, कपाललाई नरम राम्रो बनाउने कार्य गर्ने,फेसियल, मसाजको सुविधा उपलब्ध गराएको बताए । उक्त सुरज हेयर कटिङ्ग (हेयर सैलुनमा) ग्राहकहरुको लागी आरामदायीको ऐसी, टी. भि समेतको सुविधा उपलब्ध गराएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...