धनगढी- नेकपा एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्र सिँ रावलले सरकारमा जाने वातावरण अझै नबनेको बताएका छन् । धनगढीमा सोमबार पत्रकार सम्मेलन गर्दै रावलले एमाले सरकारमा जान तयार छ तर त्यसको लागि वातावरण नबनेको जिकिर गरे ।
‘हाम्रो भित्र बिबाद केही छैन, मन्त्री को नाम एक मिनेटमा दिन हामी तयार छौँ । तर सरकार मा जाने वातावरण बनेन । सरकारमा जब जब जाने वातावरण बन्छ त्यही बेला माधव नेपालले खुट्टा उचालेर अर्कै तिर उफ्रिने गर्छन् , अनि कसरी हुन्छ ।’
उनले माधव नेपाल सच्चिएर आएको दिन आफुहरु सरकारमा जाने बताए । भर्खरै नेकपा एस का अध्यक्ष माधव कुमार नेपालले विपक्षी गठबन्धनको बैठकमा गएको प्रति उनको असन्तुष्टि रहेको थियो । पूर्व मुख्यमन्त्री समेत रहेका रावलले अहिले सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम आफूहरू को सहमति मा नै आएको बताए ।
उनले भने , नीति तथा कार्यक्रम ठिकै छ, हाम्रो सहमति नै छ तर बजेट कस्तो आउँछ त्यो हेर्न बाँकी छ । तर बजेट निर्माणमा बिचौलियाहरू को सकृयता बढेको जनगुनासो बढेको छ । नेता रावलले बजेट विगत को जस्तो आउन नहुने आज को आवश्यकता अनुसार आउनु पर्ने बताए ।