Satyawati
Division ban Pahalmanpur

अत्तरियामा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा र्याली

Sostya office Dadeldhura
Purbadhar dadeldhura

अत्तरिया- जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा अत्तरियामा नेपाल दलित मुत्ति गरिएको छ । दलित विकास सेवा केन्द्र कैलाली, दलित महिला अधिकार मञ्च नेपाल, फेडो लगायतको आयोजना तथा नेपाल दलित संघ उत्पीडित जातीय समाज, नेपाल दलित मुत्ति मोर्चा र नेपाल दलित मुत्ति संगठनको सहकार्यमा र्यालीको आयोजना गरिएको हो । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

Malpot office dadeldhura

२०६३ साल जेठ २१ गतेका दिन सरकारले मुलुकलाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेको थियो। यसैको सम्झनामा २०६८ साल देखि ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस’ मनाउन थालिएको हो । नेपालको संविधानले सबै जातजाति, भाषाभाषी, वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्दै समानुपातिक समावेशी र सहभागिता मूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको छ ।

संविधानको यो मर्मलाई आत्मसात गर्दै जातीय विभेद र छुवाछुतलाई दण्डनीय अपराधको रूपमा व्याख्या गरी सजायको कानुनी व्यवस्था समेत गरिएको छ । तर समाजमा जातीय भेदभाव तथा छुवाछुत अझै अन्त्य भएको छैन ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...