Satyawati
Division ban Pahalmanpur

डडेल्धुरामा मिनी ट्रक दुर्घटना हुँदा सहचालकको मृत्यु

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

डडेल्धुरा- डडेल्धुरामा मिनी ट्रक दुर्घटना भएको छ । शनिबार राति ११ बजे अमरगढी नगरपालिका-१ मा बागमती प्रदेश ०१००४ क २२५३ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा सोही ठाउँ बस्ने सहचालक २२ वर्षीय केशब ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दिपक कुमार कार्कीले जानकारी दिए ।

ट्रकमा चालक र सहचालक गरी २ जना सवार रहेका थिए । कार्कीका अनुसार सहचालक केशबको मृत्यु भएको छ भने चालक ३२ वर्षीय रामबहादुर ऐर भने अहिले सम्म सम्पर्क विहीन रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनीहरु अमरगढी नगरपालिका-१ को कालिका निमार्ण सेवाबाट काम गरेर घर फर्कीरहेका थिए ।  

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...