डडेल्धुराबाट भन्सार छलीका सामान बरामद 

डडेल्धुरा- डडेल्धुराबाट भन्सार छलीका सामान बरामद गरिएको छ । डडेल्धुराको परशुराम नगरपालिका–६ गडगडेबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ५४ हजार ५२० मूल्यको सामान बरामद गरिएको हो ।

उक्त मूल्य बराबरको चिनी, बिडी, मसला, पानी वर्सादी, बिस्कुट, छाता, थान कपडा, धोती कपडा, प्लाष्टिक झिल्ली लगायतका सामान इलाका प्रहरी कार्यालय तातापानी डडेल्धुराबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...