नेपाल मोबाइल व्यवसायी महासंघको दोस्रो केन्द्रिय महाधिवेशन जेठ २५ मा आयोजना हुने 

अत्तरिया- नेपाल मोबाइल व्यवसायी महासंघको दोस्रो केन्द्रिय महाधिवेशन जेठ २५ गते आयोजना हुने भएको छ । सामाजिक पहिचान सहितको व्यवसायिक सुरक्षाको नारा सहित महासङ्घको दोस्रो महाधिवेशन काठमाडौँ नेपालमा सम्पन्न हुन गइ रहेको हो । 

Ganyapdhura gau
Dadeldhura hospital

अधिवेशनका लागि सम्पूर्ण तयारीहरू पूरा भइसकेको बताइएको छ । जेठ १७ गते मोबाइल व्यवसायी महासङ्घले पत्रकार सम्मेलन गरी मोबाइल व्यवसायीहरूको हक हितमा विभिन्न मागहरू बनाई सरकार समक्ष ध्यानाकर्षण गराउँदै नेपाल मोबाइल महासँघका केन्द्रीय अध्यक्ष भरत भट्टराईले दोस्रो महाधिवेशनको लागि प्रेस विज्ञप्ति पेश गर्नु भएको थियो।

Navadurga sun
Godawari sandesh

सुदूरपश्चिम मोबाइल व्यवसायी महासंघले आफ्ना ९ वटै जिल्लाहरूमा समितिहरू गठन गरिसकेका छन् । यो गठनको लागि अहम् भूमिका खेल्ने प्रदेश संघका अध्यक्ष सुरेश सापकोटा प्रथम उपाध्यक्ष गंगा प्रसाद निरौला महासचिव सुवास बम सचिव दीपक भट्ट कोषाध्यक्ष हिमाल लम्साल सदस्य गणेश बोगटी आदिको टिमले मिलेर जिल्ला कमिटीको गठन गरेका छन् । 

महाधिवेशनको लागि सुदूरपश्चिमबाट पनि ३५ जना जतिको टिम काठमाडौँ जाँदैछ । भनी सुदूरपश्चिमका प्रथम उपाध्यक्ष गङ्गा प्रसाद निरौलाले जानकारी दिनु भयो ।  २५ गतेको महाधिवेशनको तयारी सकिएकाले महाधिवेशन सभ्य र भव्य रुपमा हुनेमा विश्वस्त रहेको कुरा सुदूरपश्चिम प्रदेशका मोबाइल व्यवसायीहरूले विश्वास लिएका छन् ।

Loading...