Satyawati
Division ban Pahalmanpur

तेघरीमा सुदूरपश्चिम प्रदेश राजधानीको पूर्वाधार निर्माणका लागि प्रक्रिया अगाडि बढ्ने

Sostya office Dadeldhura
Purbadhar dadeldhura

अत्तरिया- लामो समय देखि कानुनी उल्झनका कारण रोकिएको सुदूरपश्चिम प्रदेशको राजधानी निर्माणको प्रक्रिया अगाडि बढाइने भएको छ । प्रदेश प्रमुख नजिर मियाँले आज प्रदेशसभामा आगामी आव २०८१/०८२ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश राजधानी निर्माणको प्रक्रिया अगाडि बढाइने बताएका हुन् ।

Malpot office dadeldhura

सुदूरपश्चिम प्रदेशसभाको २०७५ असोज १२ गते बसेको दोस्रो अधिवेशनको ४६ औँ बैठकले कैलालीको गोदावरी नगरपालिकाको वडा नं. २ र ४ तेघरी क्षेत्रमा स्थायी राजधानी बनाउने निर्णय गरेको थियो । दुई तिहाइ बहुमतले सो स्थान नै स्थायी राजधानी घोषणा गरी राजधानी सम्बन्धी निर्णय १४ गते प्रदेश प्रमुखबाट प्रमाणित गरिएको थियो ।

तत्कालीन समयमा प्रदेशसभाको सो निर्णय विरुद्ध सर्वोच्च अदालतमा प्रदेश सरकारलाई विपक्षी बनाएर २ वटा रिट दायर भएका थिए । जसको अझैसम्म किनारा लागेको छैन । अधिवक्ता देवी कुमारी जोशी र मनिश कुमार श्रेष्ठ सहितका ९ जनाले सामूहिक रूपमा रिट दायर गरेका थिए । कानुनी उल्झनका कारणले पनि सो विषयले निकास पाउन नसकेको हो ।

त्यस्तै प्रदेश सरकारले राजधानीका लागि चाहिने जग्गा भोगाधिकारको लागि केन्द्रीय वन मन्त्रालयमा फाइल पेश गरेको थियो । तर वन मन्त्रालयले भोगाधिकार नदिँदा पनि निर्माणको कार्य अगाडि बढ्न नसकेको हो ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...