गोदावरी नगरपालिकाद्वारा बजेट तर्जुमाको वडा भेला सम्पन्न, वडाहरूमा के कति बजेट ?

अत्तरिया-  कैलालीको गोदावरी नगरपालिकाद्वारा २ वडा बाहेक अन्य सबै वडामा वडा भेला सम्पन्न गरेको छ।  केही दिन अघि देखि सबै वडामा वडा भेला राखी प्रत्येक वडाको निति तथा कार्यक्रम सँगै वडामा बजेट बिनियोजन गरेको छ । केन्द्रबाट घटेर आएको बजेट सिलिङलाई ध्यानमा राखि विगतका वर्ष भन्दा यस पाली कम बजेटमा वडा भेला सम्पन्न गरेको हो ।

गोदावरी नगरपालिकाले वडामा बजेट विनियोजन गरे सँगै प्रत्येक वडामा नगरपालिकाद्वारा २० लाख भन्दा बढी रकमको गौरवको योजना छनौट गर्ने र सवै वडालाई बिभेद नगरी स्थानीय जनताको माग, आवश्यकता र जनघनत्वको आधारमा बजेट बिनियोजन गरेको जानकारी गोदावरी नगरपालिका नगर प्रमुख बिरेन्द्र भट्टले गराएका छन ।

संघीय सरकारले बजेट घटाएर पठाउँदा यसपालि सबै वडाहरूमा बजेट घटाउन बाध्यात्मक परिस्थिति आएको र पालिकाको आम्दानीको स्रोत सामान्य रहेकोले घटाएर वडामा बजेट  बिनियोजन गरेको बताएका छन ।

वडाहरूमा विनियोजन गरिएको बजेट विवरणः
गोदावरी नगरपालिका १ को ८३ लाख १७ हजार ८०७ रुपैयाँ बराबरको बजेट सार्वजनिक


कैलालीको गोदावरी नगरपालिकाले वडा न  १ अन्तरगत आर्थिक वर्ष २०८१/०८२ को योजना तथा कार्यक्रम सार्वजनिक गरेका छन ।  वडा कार्यालयमा आयोजित ८ औं वडा भेलामा वडा अध्यक्ष गोपाल दत्त भट्टले वडाका योजना तथा कार्यक्रम सार्वजनिक गरेका हुन ।

गत वर्ष १ करोड १० लाख ३९ हजार ४८३ रुपैयाँको बजेट सार्वजनिक गरेको वडा नम्बर १ ले यस वर्ष झन्डै २७ लाख घटाएर सार्वजनिक गरेको हो । नगरमा संघ र प्रदेशबाट आउने बजेट सिलिङ नै घटेर आएकोले वडाको बजेट पनि घटेको वडाले जनाएको छ ।

नगर प्रमुख विरेन्द्र भट्ट प्रमुख अतिथि रहेको कार्यक्रममा उपप्रमुख शारदा देवी रोकाया, प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्ट, विभीन्न वडाका वडा अध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, संघसस्थाका प्रतिनिधि तथा वडावासीको सहभागिता रहेको थियो । त्यस्तै चालु आर्थिक वर्षको बैशाख सम्म वडा नम्बर १ ले ६२ लाख ५४ हजार १४३ रुपैयाँ राजस्व उठाएको छ ।

नगरले पठाएको सिलिङ अनुसार नै वडाको बजेट सार्वजनिक गरिएको वडा अध्यक्ष भट्टले बताए । जस अनुसार वडा नम्बर १ ले समानीकरण बजेट ६० लाख र सुत्रमा आधारित बजेट २३ लाख १७ हजार ८०७ गरी जम्मा ८३ लाख १७ हजार ८०७ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

गोदावरी नगरपालिका २ ले ८३ लाख ५८ हजारको बजेट सार्वजनिक

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ ले आगामी आर्थिक वर्षका लागि ८३ लाख ५८ हजारको बजेट सार्वजनिक गरेको छ । वडा भेला मार्फत समानीकरण तर्फ ६० लाख र सुत्रमा आधारित बजेट २३ लाख ५८ हजार ३३९ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो ।

गोदावरी नगरपालीका ३ को बजेट ७३ लाख २३ हजार ४६७ सार्बजनिक
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ ले आगामी आर्थिक वर्षका लागि ७३ लाख २३ हजार ४७६ को बजेट सार्वजनिक गरेको छ । वडा भेला मार्फत समानीकरण तर्फ ६० लाख र सुत्रमा आधारित बजेट १३ लाख २३ हजार ४६७ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो ।

गोदावरी नगरपालिका ४ को बजेट ८३ लाख ८३ हजार ७९० सार्वजनिक


कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ ले आगामी आर्थिक वर्षका लागि ८३ लाख ८३ हजार ७९० को बजेट सार्वजनिक गरेको छ । वडा भेला मार्फत समानीकरण तर्फ ६० लाख र सुत्रमा आधारित बजेट २३ लाख ८३ हजार ९७० रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको हो ।

गोदावरी नगरपालिका ५ को बजेट ७५ लाख १० हजार


कैलालीको गोदावरी नगरपालिका ५ ले आगामी आर्थिक वर्षका लागि ७५ लाख १० हजारको बजेट प्रस्तुत गरेको छ । वडा कार्यालयले बुधबार वडा भेलाको आयोजना गर्दै नगरबाट प्राप्त बजेट सिलिङ्ग अनुसार बजेट प्रस्तुत गरेको हो ।
 

वडा भेलामा बजेट प्रस्तुत गर्दै वडाध्यक्ष सुदिराम चौधरीले पूर्वाधारका क्षेत्रमा मात्रै कुल बजेटको ५० प्रतिशत बजेट विनियोजित गरिएको जनाएका छन । उनले कुल बजेट मध्ये पूर्वाधारका क्षेत्रमा ३७ लाख ५६ हजार रुपैयाँ बजेट विनियोजन गरिएको बताए ।

उनले उक्त बजेटले सडक तथा यातायात व्यवस्था, शहरी विकास, सूचना तथा सञ्चार, जलविद्युत तथा वैकल्पिक उर्जा र स्थानीय पूर्वाधारमा खर्च गरिने वडाध्यक्ष चौधरीले बताए ।

गोदावरी नगरपालिका ६ को बजेट ७२ लाख २० हजार ४५१ सार्वजनिक
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ ले आज आठौं वडा भेला मार्फत आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । वडाले ७२ लाख २० हजार ४५१ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो । समानीकरण तर्फ ६० लाख र सुत्रमा आधारित बजेट १२ लाख २० हजार ४५१ रुपैयाँ रहेको वडा अध्यक्ष जग्गुराम चौधरीले बताएका छन् ।

 गोदावरी नगरपालिका ७ को बजेट ६८ लाख ४८ हजार ९६८ सार्वजनिक

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ७ ले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । वडाले आज वडा भेला मार्फत वडा अध्यक्ष कलावती साउदले ६८ लाख ४८ हजार ९६८ को बजेट सार्वजनिक गरेकी हुन् । जस्मा भौतिक पूर्वाधार विकास तर्फ ३४ लाख, सामाजिक विकास तर्फ १५ लाख विनियोजन गरिएको वडा अध्यक्ष साउदले बताइन ।
त्यसैगरी आर्थिक विकास तर्फ १० लाख, वातावरण तथा विपद व्यवस्थापनका लागि १ लाख र सार्वजनिक सेवा तथा संस्थागत क्षमता विकासका लागि ८ लाख ४८ हजार ९६७ बजेट विनियोजन गरिएको छ ।

गोदावरी नगरपालीका ८ को बजेट ७२ लाख ३८ हजार ९३९.०३ को बजेट सार्वजनिक 
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ ले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । वडा भेला मार्फत वडा अध्यक्ष गोविन्द चौधरीले ७२ लाख ३८ हजार ९३९.०३ को बजेट सार्वजनिक गरेका हुन् । जसमा भौतिक पूर्वाधार विकास तर्फ ३१ लाख १० हजार, सामाजिक विकास तर्फ २५ लाख १५ हजार ९३९.०३ विनियोजन गरिएको वडा अध्यक्ष चौधरीले बताएका छन ।
त्यसैगरी आर्थिक विकास तर्फ ८ लाख ६९ हजार, वातावरण तथा विपद व्यवस्थापनका लागि ५ लाख र सार्वजनिक सेवा तथा संस्थागत क्षमता विकासका लागि ६ लाख ९४ हजार बजेट विनियोजन गरिएको छ ।

गोदावरी नगरपालीका ९ को बजेट ७० लाख 
वडा अध्यक्ष रामलाल चौधरीका अनुसार सबै वडाका जनताहरूलाई मिलाउदै जादा केही दिन ढिलो हुन गएको मात्र हो, सबैलाई मिलाउदै र योजना छनौट गरेर वडा भेला सम्पन्न गर्ने जानकारी दिएका छन ।

गोदावरी नगरपालीका १० को ७१ लाख ८४ हजार ५८६.६० को बजेट सार्वजनिक 
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० खामौराले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । वडाले वडा भेला मार्फत वडा सदस्य शेर बहादुर तामाङ्गले ७१ लाख ८४ हजार ५८६.६० को बजेट सार्वजनिक गरेका हुन् । जसमा भौतिक पूर्वाधार विकास तर्फ ३१ लाख, सामाजिक विकास तर्फ १७ लाख ७५ हजार विनियोजन गरिएको वडा सदस्य तामाङ्गले बताएका हुन ।
त्यसैगरी आर्थिक विकास तर्फ ७ लाख, वातावरण तथा विपद व्यवस्थापनका लागि १० लाख ९ हजार ५८६.६० र सार्वजनिक सेवा तथा संस्थागत क्षमता विकासका लागि ६ लाख बजेट विनियोजन गरिएको छ ।

गोदावरी नगरपालिका ११ को बजेट ६८ लाख
गोदावरी नगरपालिका वडा न ११ को बजेट ६८ लाख बढी रकम बिनियोजन गरेको छ । तर वडा अध्यक्ष प्रेम सिंह बडैलाका अनुसार वडा भेल गरेर ५०-६० हजार खर्च गर्नु भन्दा त्यो बजेटबाट कुनै ठाउँको सडकमा पानी पिच या सडकमा ग्राभेल गर्ने जानकारी दिएका छन ।

गोदावरी नगरपालिका १२ को ७६ लाख ५१ हजार ५२३ रुपैयाँ बराबरको बजेट सार्वजनिक
वडा भेला मार्फत वडा अध्यक्ष भिम बहादुर खड्काले ७६ लाख ५१ हजार ५२३.७६ को बजेट सार्वजनिक गरेकी हुन् । जसमा भौतिक पूर्वाधार विकास तर्फ २० लाख ५० हजार, सामाजिक विकास तर्फ २५ लाख ५० हजार विनियोजन गरिएको वडा अध्यक्ष खड्काले बताएका छन ।

त्यसैगरी आर्थिक विकास तर्फ २३ लाख ४० हजार, बन तथा वातावरण लागि १ लाख र सार्वजनिक सेवा तथा संस्थागत क्षमता विकास तथा अन्य खर्चका लागि ६ लाख ११ हजार ५२३.७६ बजेट विनियोजन गरिएको छ ।

Loading...