

कञ्चनपुर- कञ्चनपुरको बेदकोट नगरपालिकामा आटिफिसियल ईन्टेलीजेन्सी (एआई) सम्बन्धित तालिम सञ्चालन गरिएको छ । बेदकोट नगरपालिकाले शनिबार देखि आटिफिसियल ईन्टेलीजेन्सी (एआई) सम्बन्धित तालिम सञ्चालन गरिएको हो ।

बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले तालिमको उद्घाटन गर्दै समय सापेक्ष अनुरूप क्षमता विस्तारका लागि तालिम सञ्चालन गरिएको बताए । मेयर बोहराले सुदूरमै पहिलो तालिम भएको समेत बताए ।
काठमाण्ठौँ विश्वविद्यालयका एआई प्रमुख डा. यज्ञराज पाण्डेयले प्रशिक्षण दिएका छन । १० वटै वडाका ३२ प्रशिक्षार्थी सहभागी रहेका छन ।