संगमको अत्तरियामा वित्तीय सचेतना कार्यक्रम 

अत्तरिया- संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड अत्तरियाले वित्तीय सचेतना कार्यक्रम गरेको छ । सहकारीले शनिबार अत्तरियाको पतञ्जलि योग भवनमा भव्यता साथ सचेतना कार्यक्रम सम्पन्न गरेको हो । 

संगम बचत सहकारीका उपाध्यक्ष रघुवीर भट्टको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि सफलता एजेन्सी प्रालिका अध्यक्ष जिबन बिष्ट रहेका थिए ।  

उक्त सहकारीका अध्यक्ष मनमोहन बिष्टले पढेका नपढेका सबैले वित्तीय रुपमा सचेत हुनुपर्छ कारोबार जहिले पनि विश्वासमा हुँदैन आधारमा हुन्छ । सम्बन्ध दुईटा हुन्छ । एउटा नाताको एउटा कारोबारको नाताको सम्बन्धमा कहिले पनि शंका गर्नु हुँदैन । कारोबारको सम्बन्धमा जहिले पनि शङ्का गर्नुपर्छ । कारोबारमा शङ्का गर्नु सकारात्मक सोच हो । शङ्काको अर्थ अध्ययन हो । अध्ययनबाट आधार निस्कन्छ । आधारमा कारोबार हुन्छ । भनी स्वागत मन्तव्य उक्त कुरा बताएका हुन् । 

कार्यक्रमको सञ्चालन संस्थाकी व्यवस्थापक बसन्ती बोहराले गरेकी कार्यक्रममा संस्थाका सम्पूर्ण शेयर सदस्यहरूको उपस्थिति रहेको थियो ।

Loading...