अत्तरियामा सुदूरपश्चिम प्रदेश स्तरीय लोक गायन प्रतियोगिता सुरु

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका अत्तरियामा सुदूरपश्चिम प्रदेश स्तरीय लोक गायन प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको शनिवार एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको हाे । सुदूरपश्चिम प्रदेशका सांसद शिव सिहं ओलीले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन ।

रबिन कला केन्द्र संगको सहकार्यमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले प्रतियोगिता सुरु भएको हो । कार्यक्रममा प्रतिभा पुस्तकालयका अध्यक्ष पुष्पराज जोशी, कृष्णपुर नगरपालिकाका पूर्व नगर प्रमुख कर्ण हमाल, गोदावरी नगरपालिका –१० का वडाध्यक्ष रबिन्द्र शाही (गुड्डु), अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहरा, महासचिव शंकर खड्का लगायतको सहभागिता रहेको छ ।

Navadurga sun

प्रतियोगिताको प्रथम पुरस्कार राशी नगद १५ हजार रुपैयाँ रहेको छ भने दोस्रो पुरस्कार नगद १० हजार रुपैयाँ रहेको छ । त्यसैगरी प्रतियोगितामा तेस्रो हुनेले नगद ७ हजार रुपैयाँ तथा सान्त्वना स्वरुप नगद ५ हजार रुपैयाँ राखिएको आयोजकले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...