Division ban Pahalmanpur

डोटीमा होटेल सहितका घरहरूमा आगो लाग्दा ४० लाखको क्षति

Sostya office Dadeldhura
Purbadhar dadeldhura

धनगढी- डोटीमा होटेल सहितका घरहरूमा आगलागी हुँदा ४० लाखको क्षति भएको छ । जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ साँझघाटमा दिल बहादुर खड्काको दुई तले चार कोठे टिनले छाएको घर, पसल र विष्णु बहादुर खड्काको तीन तले छ कोठे टिनले छाएको होटेलमा आगलागी भएको हो ।

Malpot office dadeldhura

विद्युतको तार सर्ट भई आगलागी हुँदा घर, पसल भित्र रहेका नगद, लत्ताकपडा, खुद्रा सामान, कस्मेटिक, भाँडावर्तन, बाकसमा रहेका कागजपत्रहरू, फर्निचर, काउण्टर , ग्यास चुलो, फ्रिज, एलइडी टिभी, काठको दराज लगायतका सामानहरू गरी अन्दाजी ४० लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले बताएको छ ।

आगलागीबाट मानवीय तथा चौपाया क्षति भने भएको छैन । प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...