धनगढी- कैलालीमा पसलमा आगलागी हुँदा साढे ४२ लाखको क्षति भएको छ । कैलालीको गोदावरी नगरपालिका–६ लालपुर चोकस्थित टेकबहादुर साउँदले सञ्चालन गर्दै आएको न्यू भुवन हार्डवेयरमा बुधवार विद्युतको तार सट भई आगलागी हुँदा सोही ठाउँ स्थित शंकर खड्काले सञ्चालन गर्दै आएको भैरव एग्रोभेट र नारायण वलीले सञ्चालन गर्दै आएको सुसेन्टरमा समेत आगलागी भएको हो ।
आगलागीबाट ४२ लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको हो । उक्त आगलागीबाट मानवीय तथा चौपायामा भने क्षति नभएको प्रहरीले जनाएको छ ।

