अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ ले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । वडाले बिहीबार वडा भेलामार्फत वडा अध्यक्ष गोविन्द चौधरीले ७२ लाख ३८ हजार ९३९.०३ को बजेट सार्वजनिक गरेकी हुन् । जसमा भौतिक पूर्वाधार विकास तर्फ ३१ लाख १० हजार, सामाजिक विकास तर्फ २५ लाख १५ हजार ९३९.०३ विनियोजन गरिएको वडा अध्यक्ष चौधरीले बताएका छन ।
त्यसैगरी आर्थिक विकास तर्फ ८ लाख ६९ हजार, वातावरण तथा विपद व्यवस्थापनका लागि ५ लाख र सार्वजनिक सेवा तथा संस्थागत क्षमता विकासका लागि ६ लाख ९४ हजार बजेट विनियोजन गरिएको छ ।
वडा अध्यक्ष गोविन्द चौधरीको अध्यक्षतामा आयोजित वडा भेला कार्यक्रममा नगर प्रमुख विरेन्द्र भट्ट प्रमुख अतिथि रहेको कार्यक्रममा उपप्रमुख शारदा देवी रोकाया, नगर प्रवक्ता तथा वडा न १ का वडा अध्यक्ष गोपाल दत्त भट्ट, वडा नं ७ कि वडा अध्यक्ष कलावती साउद, राजनीतिक दलका प्रतिनिधि, संघसस्थाका प्रतिनिधि तथा वडाबासीको सहभागिता रहेको छ ।
स्वास्थ्य तथा पोषण, शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद, महिला, बालबालिका तथा समाज कल्याण, संरक्षण, खानेपानी तथा सरसफाइ लगायतका योजनाहरूमा खर्च गरिने बताईएको छ । आर्थिक क्षेत्रमा वडाले १० लाख रुपैयाँ विनियोजन गरेको छ । वडाध्यक्ष साउदका अनुसार उक्त बजेटबाट कृषि तथा पशुपंक्षी, सिँचाई, उद्योग, वाणिज्य तथा आपुर्ति, सांस्कृतिक तथा पर्यटन, सहकारी तथा गरिबी निवारण लगायतका योजनाहरू सञ्चालन गरिने छन ।
कार्यक्रमका प्रमुख अतिथि मेयर विरेन्द्र भट्टले आगामी आउने वर्षका लागि बजेट सिमा निर्धारण गर्न अगाडि बढेको बताए । त्यसका लागि नगरका विभिन्न वडामा रहेका नागरिकहरू गुनासा र मागहरू लिनेक्रममा रहेको बताए ।
जननिर्वाचित व्यक्तिबाट सबै कुरा सम्भव नहुने उनको भनाई रहेको छ । गोदावरीमा छाडा चौपाया रोक्नका लागि गौशाला निर्माण गर्दा स्थानीयहरु विरोध गरेको उनको भनाई छ । सबैको छलफल र हात्तेमालो गरी गोदावरी नगरपालिकामा भएका समस्याहरू क्रमिक रुपमा समाधानका अगाडि बढेको मेयर भट्टले बताए ।
स्थानीय सरकार आत्मनिर्भर हुन सकेको छैन् , संघीय सरकार संग भरपर्नुपर्ने बाध्यता रहेको उनले बताए । ‘गोदावरी नगरपालिका अन्तरगत रहेको अत्तरिया सडकमा बत्ती बाल्नका लागि पैसा बुझाएको १८ महिना भयो’, उनले भने ‘कागजी प्रक्रिया भई रहेको छ । बत्ती बल्छ ।’ नगरका १२ वटै पालिकामा जग्गा नापीको कार्य सम्पन्न भएको बताउँदै उनले चाडै राष्ट्रिय भूमि आयोगले पुर्जा दिने उनले बताए । नगरको शिक्षा क्षेत्र सुधारका लागि अगाडि बढेको उनले बताए ।
कार्यक्रममै बोल्दै गर्दा विकासमा केही गरेन भन्नेहरुका लागि मेरो कार्यकालमा जनतालाई एक एक गरी गरेका कामलाई पारदर्शी रुपमा भए नभएको काम देखाएर छाड्ने त बिगतको मेयरसापको ५ बर्षे कार्यकाल भन्दा अहिलेको मेरो २ बर्षे कार्यकालमा बढी र उपलब्धि मूलक काम भएको बताएका छन । पालिकामा नयाँ योजना सहित काम गर्न खोज्दा प्रतिपक्ष साथिहरुले विरोध गर्ने परिपाटी जस्तै सबै लागेका देखिन्छन्, म मेरो बाँकी रहेको कार्यकाल मा केही काम गरेर देखाउने बताएका छन्, सबै नगरबासीले साथ दिन अनुरोध गरेका छन् ।