साना किसान कृषि सहकारी संस्था मालाखेतीको २८ औं वार्षिक उत्सव सम्पन्न

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं २ अत्तरियामा रहेको साना किसान कृषि सहकारी संस्था मालाखेतीको २८ औं वार्षिक उत्सव समारोह सम्पन्न भएको छ ।

Ganyapdhura gau

सहकारी संस्थाका सञ्चालक समिति अध्यक्ष तेजराज अवस्थीको अध्यक्षतामा भएको कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा नगर प्रमुख भट्टले किसानको प्रगति नै नगरपालिकाको प्रगति हुने बताउनु भयो ।

Navadurga sun

गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले पनि यस साना किसान सहकारी संस्थाले किसानको जिबिकोर्पाजनका लागि बिभिन्न योजना बनाएर बजेट बिनियोजन गरेको जानकारी दिदै सहकारीलाई नगरपालिका संग सहकार्य गरेर कार्यक्रम कार्यान्वयनमा सहयोग गर्न अनुरोध गर्नु भयो ।

Dadhaldhura pur

वर्तमान अवस्थाको आर्थिक समस्याको विषम परिस्थितिका वाबजुद पनि किसान दाजुभाइ तथा दिदी बहिनीहरुले सदस्य केन्द्रित सेवाहरुले सदस्यहरूको मन जितेको हुनाले सदस्यहरूले संस्थालाई सहयोग र  कारोबारद्वारा साथ दिई किसान लाई अडिग र भरपर्दो सहकारीको रुपमा उभ्याई दिनु भएकोमा धन्यबाद ज्ञापन गरेका थिए ।

कार्यक्रमका विशिष्ट अतिथि रहेका प्रदेश कृषि सहकारी संस्था लि का अध्यक्ष धर्म सिंह कुंवरले आफु किसानको छोरो किसान भएकाले गोदावरी नगरपालिका लाई नै कृषि र पशुपालनबाट आत्म निर्भर बनाउन नगरपालिका लागि परेको बताउनु भयो । कुवरले किसानको कृषि व्यवसायलाई प्रबर्द्धन गर्न गोदावरीका आम किसानको लागि सहकारी सँग सहकार्य गरेर आधुनिक कृषि औजार बितरण, प्राबिधिक तालिम र आवश्यक कृषि ज्ञानका लागि ब्यवस्था गरिने बताउनु भयो ।

संस्थाका सञ्चालक समिति सदस्य डिल्ली राज खत्रीले स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा साना किसान विकास वित्तिय संस्था अत्तरियाका प्रगति प्रतिवेदन यस संस्थाका प्रबन्धक गोरख खत्रीले किसानले साना किसान कृषि सहकारी संस्थामा आबद्ध भएर इमान्दारिता देखाउँदै कृषि पेशा र पशुपालन गर्न चाहना राखेमा किसानका लागि किसानको कार्ययोजनाको आधारमा काम अगाडि बढाउँदै गरेको र राम्रो र प्रगति गरेको किसानहरूलाई प्रत्येक वर्ष सम्मान तथा पुरस्कृत गर्दै आएको बताएका छन। आज पनि अन्तर कृषि समुह र उत्कृष्ट कृषकलाई दोसल्ला ओढाएर नगद सहित पुरस्कृत गरेको थियो ।

सञ्चालक समिति सदस्य डिल्ली राज खत्रीले स्वागत मन्तव्य राखेका कार्यक्रमको सञ्चालन सञ्चालक समितिकी विपना लामाले गरेकी हुन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...