

अत्तरिया- बेदकोट नगरपालिकाले नगरका सम्पूर्ण विद्यालयहरू २ दिने बिदा दिएको छ ।



नगरपालिकाले बुधबार एक पत्र जारी गर्दै अत्याधिक गर्मीका कारण मौसम प्रतिकुल भई विद्यार्थीको स्वास्थ्य तथा विद्यालयको पठनपाठनमा निकै समस्या भएको र सो सम्बन्धमा विभिन्न विद्यालय तथा अभिभावकहरू बाट समेत बिदाको माग भई आएकोले २ दिने विद्यालय बन्द गर्न गराउनु अनुरोध गरेको छ ।


उक्त दिइएको बिदाहरू पछि हिउँले तथा वर्षे बिदाबाट मिलान गरिने समेत उक्त पत्रमा उल्लेख गरिएको छ ।
