अत्तरिया- परशुराम नगरपालिकामा प्रतिबन्धित प्लास्टिक प्रयोग गर्न निषेधित गरिएको छ । नगरपालिकाले वातावरणीय तथा मानवीय स्वास्थ्य लाई प्रत्यक्ष असर पार्ने ४० माइक्रोन भन्दा न्यून गुणस्तरका प्लास्टिकजन्य हानिकारक वस्तुहरू निषेधका लागि मंगलबार सर्वपक्षीय छलफल एवम् सहमति गरी पूर्ण रुपमा निषेध गरिएको हो ।






यस्ता स्वास्थ्यलाई प्रत्यक्ष रूपले हानी पुर्याउने प्लास्टिकका झोला, कप, प्लेट आदि प्रयोग नगर्न तथा नगराउन हुन समेत नगरपालिकाले अनुरोध गरेको छ ।


त्यस्तै बुधबारका दिन जोगबुढा बजारमा सम्बन्धित सबै पक्षहरूको टिमले बजार अनुगमन गरी निषेधित वस्तु जफत गरि सचेत गराइएको छ । निषेध गरिएका वस्तुहरू बजार अनुगमनका क्रममा भेटिएमा कानून बमोजिम कारवाही हुने जनाइएको छ ।






