अत्तरिया- नेपाल ट्रेड युनियन गोदावरी नगर कार्यसमितिको सभापतिमा शिवराज जोशी चयन भएका छन । मंगलबार सम्पन्न समितिको दोस्रो अधिवेशनले जोशीलाई सर्वसम्मत सभापतिमा चयन गरेको हो ।




अधिवेशनले जोशीको सभापतित्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको महिला उपाध्यक्षमा बेलु देवी बिष्ट, उपाध्यक्षमा लोक बहादुर रोकाया, सचिवमा टेकराज भण्डारी, सहसचिव कल्पना जोशी र कोषाध्यक्षमा हरिप्रसाद भट्ट रहेका छन ।


त्यस्तै सदस्यहरूमा यादव गिरी, टेकराज भट्ट, हरिप्रिया जोशी, बसन्ती सुनार र श्याम ठाकुर चयन भएका छन । २६ वटा श्रमिक संघसंस्थाहरुको छाता संगठनका रुपमा रहेको नेपाल ट्रेड युनियन नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो ।

