

अत्तरिया- कैलालीको गोदावरी होटेल व्यवसायी संघले दुर्घटनामा परी घाइते भएका एक एकजनालाई आर्थिक सहयोग गरेको छ । संघले अत्तरियाको नेहा ब्युटीपार्लरकी सञ्चालिका सुनन्दा पाण्डेयका छोरा नेहाल पाण्डेय लाई नगद १० हजार रुपैयाँ सहयोग गरेको हो ।



संघले सामाजिक उत्तरदायित्व अन्तर्गत दुखमा परेका व्यवसायीलाई सहयोग गरेको संघका अध्यक्ष लक्ष्मण धामीले बताए । २६ वर्षीय नेहाल ३ बर्ष अघि सडक दुर्घटनामा परी गम्भीर घाइते भएका थिए । ११ वर्ष अघि श्रीमान गुमाएकी सुनन्दाका नेहाल एक्ला छोरा हुन् ।


मोटरसाइकल दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेर पूरै शरिर नचल्ने भएका नेहाल करिब डेढ महिना पछी होसमा आएका थिए भने करिब दुई वर्ष पछी मान्छे चिन्न सक्ने भएका थिए ।
अहिले नेहालले बाँकी शरिर चलेपनि एउटा हात भने चलाउन सक्दैनन् । अहिले प्रत्येक महिना २० हजार भन्दा बढीको औषधी खरिद गर्नु परिरहेको सुनन्दाले बताइन् ।