अत्तरिया- कैलालीको धनगढी–अत्तरियाको तापक्रम आज (बुधबार) ४३ डिग्री नाघेको छ । महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाले बुधबार ५ः४५ बजे निकालेको रिपोर्ट अनुसार पछील्लो ९ घण्टाको धनगढी–अत्तरियाको अधिकतम तापक्रम ४३.३ डिग्री सेल्सियस मापन गरिएको हो ।



त्यस्तै पछील्लो ९ घण्टाको न्युनतम तापक्रम २८.४ डिग्री सेल्सियस मापन गरिएको छ । महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाले हरेक दिन बेलुकी ५ः४५ बजे पछील्लो ९ घण्टाको तापक्रम मापन गरि सार्वजनिक गर्ने गरेको छ ।


महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाकी नायब मौसम विज्ञान सहायक प्रतिमा घिसिङका अनुसार सन् १९९५ मा यस क्षेत्रको तापक्रम ४६.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।