बैतडी पाटन विमानस्थलमा साहसिक उडान गराउने

धनगढी- बन्द रहेको बैतडी विमानस्थलमा निजी क्षेत्रसँगको सहकार्यमा साहसिक उडान गराउने संघीय बजेटमा उल्लेख छ । विमानस्थलमा प्याराग्लाइडिङ, स्काइडाइभिङ, प्यारासुट, अल्ट्रालाइट लगायतका मनोरञ्जन तथा साहसिक उडान गराइने विषयमा आगामी आर्थिक वर्षको बजेटमा राखिएको हो । जिल्लाको पाटन विमानस्थलमा हवाई सेवा बन्द हुँदा स्थानीय समस्यामा परेका छन् ।

प्रत्येक बिहीबार धनगढी–पाटन–धनगढी उडान गर्दै आएको समिट एयरले २०७८ चैत १० गते अन्तिम उडान भरेको थियो। त्यसयता पाटन विमानस्थलबाट  कुनै उडान हुन सकेको छैन। पाटन विमानस्थलमा व्यावसायिक उडान नहुँदा झन्डै १६ करोडका संरचनाहरू प्रयोगविहीन बनेका छन् ।

Navadurga sun

पाटन–धनगढी १७ मिनेटको हवाई दूरीमा छ । २०५१ सालदेखि बन्द रहेको पाटन विमानस्थलमा २६ वर्षपछि २०७७ साल असोजमा विमान अवतरण भएको थियो । त्यसबेला परीक्षण उडानमा तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराई सवार थिए । तर, एक वर्ष पनि नचलेर सो विमानस्थल पुनः बन्द हुन पुगेको हो ।

अहिले गौचरन बनेको विमानस्थलको ‘रनवे’ मा युवायुवती टिकटक बनाउँछन् । २०७७ असोजदेखि २०७८ चैत सम्म) १५/१६ पटक मात्र फ्लाइट भएको थियो । नागरिक उड्डयन प्राधिकरणका अनुसार दोस्रो पटक उक्त विमानस्थल सञ्चालनमा ल्याउँदा सरकारले १६ करोड २ लाख रुपैयाँ खर्च गरेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...