कञ्चनपुरमा तालमा डुबेर एक युवकको मृत्यु

कञ्चनपुर- कञ्चनपुरमा तालमा डुबेर एक युवकको मृत्यु भएको छ । जिल्लाको शुक्लाफाटा नगरपालिका–८ स्थित बतासे झर्नाको तालमा डुबेर २१ वर्षीय सरोज टमाटाको मृत्यु भएको हो ।

तालमा नुहाउने क्रममा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । तालमा शव फेला नपरेको र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

Loading...