Division ban Pahalmanpur

कैलालीमा अत्यधिक गर्मीका कारण नियमित विद्यालय आउन छाडे विद्यार्थी

Sostya office Dadeldhura
Purbadhar dadeldhura

टीकापुर- कैलालीमा अत्यधिक गर्मी बढेपछि पठनपाठन प्रभावित भएको छ । तापक्रम ४० डिग्री सेल्यिसय भन्दा माथि पुगेपछि पठनपाठन प्रभावित बनेको हो ।

Malpot office dadeldhura

केही विद्यालयमा टिनका छाना छन् । अझ बिजुली गएका बेला बस्नै कठिन छ । कैलालीको टीकापुर नगरपालिकाभित्रका सबै विद्यालय दिउँसो सञ्चालनमा छन् । जेठको अत्यधिक गर्मीका बेला पनि यहाँ बिहानी कक्षा सञ्चालन गरिएको छैन । त्यसैकारण विद्यार्थी नियमित आउन छाडेका छन् ।

वीरेन्द्र विद्या मन्दिरमा कक्षा ९ मा अध्ययनरत जगत तिरुवाले मध्याह्नतिर गर्मीका कारण गाह्रो हुने बताउँछन् । ‘गर्मीले पढ्नै सकिँदैन । दिउँसो १२ बजेपछि कक्षाकोठामा तातो बाफ निस्कन्छ । बेञ्चमा बस्नै गाह्रो हुन्छ’, उनले भने। अभिभावकले अत्यधिक गर्मी बढेकाले केही दिन विद्यालय बिदा दिनसमेत माग गरेका छन् । ‘यस्तो वेलामा बिहानी कक्षा सञ्चालन गरे हुने हो’, अभिभावक रमेश चौधरीले भने ।

टीकापुर बाहेकका पालिकामा विद्यालयको अवस्थाअनुसार बिहान र दिउँसो पढाइ सञ्चालनमा छ । टीकापुरमा पनि विद्यालयले चाहेअनुसार पठनपाठन गर्न सक्ने टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थी बताउनुहुन्छ । “विद्यालयको अवस्थाअनुसार सञ्चालन गर्न सकिन्छ’, उनले भने ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...