अंश मुद्दामा फरार धना पक्राउ

Dadeldhura hospital

डडेलधुरा- अंश मुद्दामा फरार रहेकी डडेल्धुराकी धना पक्राउ परेकी छन् । जिल्ला अदालत डडेल्धुराले अंश मुद्दामा १ लाख, ६ हजार ,४१० जरिवाना ठहर भई फरार रहेकी अमरगढी नगरपालिका–३ कि ८१ वर्षीया धना देवी शाहलाई अस्थायी प्रहरी पोष्ट ऐरोडा, डडेलधुराबाट खटिएको प्रहरी टोलीले डडेलधुराको नवदुर्गा गाउँपालिका–१ ऐरोडाबाट पक्राउ गरि जिल्ला अदालत डडेलधुरा समक्ष पेश गरेको हो ।

Loading...