
बाजुरा- बाजुरास्थित कारागारमा कैदीबन्दीबीच विवाद हुँदा हात हालाहाल भएको छ। आइतबार २ जना कैदीको लफडा भएको हो । जिल्लाको त्रिवेणी नगरपालिका–९ का तुलाराम थापा र शेरबहादुर ऐरीको आपसमा फाइट भएको प्रहरीले जनाएको छ ।


स्रोतका अनुसार जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका तुलाराम माथि कर्तव्य ज्यान मुद्दाका कैदी शेरबहादुरले आक्रमण गरेका हुन् । अहिले उनीहरूलाई प्रहरीले जेलभित्रै कडा निगरानीमा राखेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख डीएसपी दिलीप कुमार गिरीले बताए ।