

कैलाली- कैलालीबाट ६ जना फरार प्रतिवादी पक्राउ परेका छन । जिल्ला अदालत कैलालीले दोषी ठहर गरेका ६ जना फरार प्रतिवादीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।



पक्राउ पर्नेमा बन मुद्दामा २६ हजार ५३० जरिवाना ठहर भएका गोदावरी – ९ का ४० वर्षीय पुरन राना र बैंकिङ कसुर मुद्दामा एक हजार जरिवाना ठहर भएका गोदावरी – २ का ३१ वर्षीय नेत्र कामी रहेका छन ।


यस्तै अर्काको परीक्षा दिए सम्बन्धी मुद्दामा २५ हजार जरिवाना ठहर भएका कञ्चनपुरको बेलौरी –।३ का २३ वर्षीय बिकास जैशी, पुनर्वास – ८ की २२ वर्षीया सिमा तिमिल्सेना, अछामको मेल्लेख गाउँपालिका – ६ का १८ वर्षीय एक किशोर र सोही ठाउँका ३० वर्षीय कृष्ण बोहरालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।