कैलालीमा काठको तस्करी बढ्यो

धनगढी- कैलालीमा काठको तस्करी बढेको छ । प्रहरीले काठ तस्करीमा संलग्न चार जनालाई गोरुगाडा सहित पक्राउ गरेको छ। आइतबार अवैध काठ बरामद गरिएको छ ।

धनगढी उपमहानगरपालिका–१६ त्रिनेत्र सामुदायिक वन बाट काठ तस्करी भइरहेको अवस्थामा प्रहरीले तस्करीमा संलग्नहरूलाई नियन्त्रणमा लिएको छ । धनगढी–१६ का ३२ वर्षीय अशोक चौधरी, ४१ वर्षीय धनिराम चौधरी, २० वर्षीय राहुल चौधरी र ५७ वर्षीय मनिराम जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

Navadurga sun

प्रहरीले तस्करीको काठ सहित दुई वटा गोरू गाडा (डल्लब) पनि नियन्त्रणमा लिएको छ । गोरु गाडामा तस्करीको काठ ओसारपसार गरी रहेको अवस्थामा ४० दशमलव २५ क्युफिट अबैध सालको काठ अस्थायी प्रहरी पोष्ट बेहडाबाबा, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

बरामद गरिएको काठ आवश्यक प्रक्रिया पुरा गरेर अवैध काठ सहितको गोरु गाडा र संलग्नहरूलाई कारवाहीका लागि सव–डिभिजन वन कार्यालय फुलवारीको जिम्मा लगाएको प्रहरीले बताएको छ । 

शनिबार मात्र गौरीगंगा नगरपालिका–९ बनखेत स्थित गौरीगंगा सामुदायिक साझेदारी वनबाट अवैध काठ बरामद गरिएको थियो । वन भित्रै लुकाई राखेको सालको ५ थान गोलिया इलाका प्रहरी कार्यालय मसुरिया र सव–डिभिजन वन कार्यालय मसुरियाको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...