धनगढी- धनगढीको मनेहरामा ट्री गार्ड भाचेर मोटरसाइकल चालक फरार भएका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर–७ मनेहरा स्थित मेन रोडको मिडियममा लगाएको ट्री गार्डलाई भाँचेर सुदूरपश्चिम प्रदेश ७८४१ नम्बरको मोटरसाइकल चालक भागेको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।
ट्री गार्ड भाँचेर फरार भएको मोटरसाइकललाई कसैले देखे वा सम्पर्कमा भए खबर गर्न उपमहानगरपालिकाले नगरवासीलाई अनुरोध गरेको छ।

