बाजुरा- बाजुरामा नहरमा डुबेर एक ६ वर्षीया बालिकाको मृत्यु भएको छ । जिल्लाको गौमुल गाउँपालिका–६ स्थित गौरीबाडाका गणेश विककी ६ वर्षीया छोरी भग विकको मृत्यु भएको हो । शनिवार दिउँसो २ बजे सोही वडाको सिमधार लद्यु जलविद्युतको नहरमा नुहाउने क्रममा डुबेर मृत्यु भएको स्थानीय शेरबहादुर चदाँराले बताए ।
मृतक विकलाई घट्मुना आधारभूत अस्पतालले थप उपचारका लागि बाहिर रफेर गरेको थियो। तर बालिकाको बाटोमै मृत्यु भएपछि दाहा सँस्कार गरिसकेको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।