अत्तरिया बजार निरन्तर अनुगमन ः आर्थिक मन्दीको समयमा पसल दर्तामा सहुलियत दिन व्यापारीको माग

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाको अत्तरिया बजार क्षेत्रमा केही दिन यता नगरपालिकाद्वारा निरन्तर अनुगमनमा लागेको छ । पछिल्लो समयमा यस पालिका भित्र रहेका पसलहरूलाई व्यवस्थित बनाउन र करको दायरामा ल्याउन सुझाव सहित अनुगमनमा लागेको छ ।

गोदावरी नगरपालिकाको वडा नम्बर २ स्थित अत्तरिया बजारको महेन्द्रनगर लाइनमा अनुगमन गरिएको हो । बजारमा पसल दर्ता र नवीकरण गरिएको नगरिएको बारेमा अनुगमन गरिएको नगरपालिकाको राजश्व शाखा प्रमुख खगेन्द्र चौधरीले बताएका छन । नगरपालिकाले जेठ ७ गते सोमबार देखि अत्तरिया बजारमा अनुगमन सुरु गरेको थियो ।

godawari10 Mahila hinsa
Navadurga sun

अनुगमनका क्रममा कतिपयले भर्खरै पसल सञ्चालन गरेको बताएका छन् भने कतिपयले छोटो समयको लागि गुजाराको लागि मात्रै पसल सञ्चालन गरेकोले दर्ताको प्रक्रियामा नगएको व्यापारी नयन बिष्टले बताएका छन् । राजश्व कार्यालय, घरेलु उद्योग लगायतमा दर्ता गरे सँगै सम्बन्धित वडामा पनि अनिवार्य रुपमा हरेक व्यवसाय दर्ता, नवीकरण गराउनु पर्ने भन्दै नगरपालिकाले अनुगमन सुरु गरेको हो । जेठ ७ गते देखी अनुगमन सुरु गरेको नगरपालिकाले आइतबार वडा नम्बर १ को बजार क्षेत्रको अनुगमन सकाएर आइतबार देखि नै वडा न. २ को महेन्द्रनगर लाईनको बजार क्षेत्रमा अनुगमन गरेको छ ।

Dadeldhura hospital

अनुगमनका क्रममा अधिकांश भन्दा बढी पसलहरू वडामा दर्ता नभएको पाइएको राजश्व शाखा प्रमुख चौधरीले बताएका छन । दर्ता नभएकाहरूको विवरण लिएर आगामी दिनमा के कसरी अगाडि बढ्ने भन्ने बारेमा निर्णय गरिने वडा नम्बर २ का वडा अध्यक्ष यज्ञ बहादुर महाराले बताए ।

अनुगमनका क्रममा व्यवसायीले दिएका सुझावहरू माथि पनि छलफल बाट निर्णय हुने पालिका प्रतिनिधिले बताए । विविध कारणले समयमै अनुगमन हुन नसक्दा ठुलो सङ्ख्यामा व्यवसायीहरू करको दायरा भन्दा बाहिर रहेको उनको भनाई छ । अनुगमन टोलीले व्यवसाय दर्ता, नवीकरण खाद्य सामग्रीहरूको म्याद लगायतका कुराहरू हेरिरहेको छ । करको दायरामा ठुलो संख्या रहेकोले तथ्यांक संकलन गरि नगरपालिकामा पेश गर्ने जानकारी पशु सेवा प्राविधिक टेक बहादुर शाहुले बताए ।

अनुगमनमा वडामा दर्ता गर्नेबारे जानकारी गराइएको र अर्को पटकको अनुगमनमा पनि दर्ता नगरेको पाइएमा कारबाहीको प्रक्रियामा जाने नगरपालिकाको भनाई छ । दर्ता गरेका व्यवसायी मध्य पनि अधिकांशले दुई तीन वर्ष यता नवीकरण गरेका छैनन् ।

अनुगमन टोलीकी संयोजक गोदावरी नगरपालिकाकी उप प्रमुख शारदा देवी रोकायाले अनुगमनका क्रममा ठुलो सङ्ख्यामा व्यवसायीहरू करको दायरा भन्दा बाहिरै रहेको पाइएको बताइन् । उनले करको दर भन्दा पनि दायरा बढाउने उद्देश्यले व्यवसायको दर्ता र नवीकरणको अनुगमन गरिरहेको बताइन् ।

Loading...