धनगढीमा नेविसंघको प्रदर्शन 

धनगढी- नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले शनिबार धनगढीमा प्रदर्शन गरेको छ । गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै उनिहरुले राके जुलुस सहितको प्रदर्शन गरेका हुन ।

nava durga gaupalika

नेविसंघ कैलालीलेको आयोजनामा सुदूरपश्चिम मुख्यमन्त्री कार्यालय अगाडि गरिएको प्रदर्शनमा विभिन्न माग राख्दै नारा लगाएका थिए । सहकारी ठगलाई कारबाही गर, गिरिबन्धु प्रकरणको छानबिन गर, प्रेस स्वतन्त्रताको रक्षा गर जस्ता नाराहरु लगाएका थिए ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई समाचार लेखेकै आधारमा सरकारले आतङ्ककारी शैलीमा गिरफ्तार गरेको विरोधमा मसाल जुलुस र कोण सभा आयोजना गरिएको बताइएको छ ।

Loading...