

अत्तरिया- कैलालीको अत्तरियामा शुक्रबार देखि सुरु भएको सामुदायिक तथा सार्वजनिक पुस्तकालयहरूको सुदूरपश्चिम स्तरीय प्रथम सम्मेलन आज (शनिबार) अतरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयमा समापन भएको हो । ९ वटै जिल्लाका पुस्तकालयहरूका प्रतिनिधिहरूको सहभागिता रहेको उक्त सम्मेलनमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान धनगढी कैलालीको सहकार्य र सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश सरकारको सहयोग र समन्वयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबार काठमाडौँ नेपालको सहयोग र समन्वयमा नेपाल सामुदायिक पुस्तकालय संघ केन्द्रीय कार्यालय काठमाडौँ नेपालको सहयोग र समन्वयमा नेपाल प्रतिभा सामुदायिक पुस्तकालय अतरियाले आयोजना गरेको हो ।
जेठ ११ गते सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीको प्रमुख अतिथिमा सम्पन्न उद्घाटन सत्रमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकलपति डाक्टर टिएन जोशी, गोदावरी नगरपालिका उपप्रमुख शारदा देवी रोकाया, उपकुलपति यादव चन्द्र रिमाल, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव श्री यादव चन्द्र निरौला, नेपाली सेना श्री नम्बर ५ बाहिनी अड्डाका महासेनानी रामकृष्ण श्रेष्ठ, इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापा, अतरिया स्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्री नरेन्द्र बहादुर ऐर तथा नेपाल सामुदायिक पुस्तकालय संघका महासचिव श्री राजेन्द्र पाण्डे लगायत विभिन्न २० पुस्तकालयका ४० जना प्रतिनिधिहरूको उपस्थिति थियो ।

कार्यक्रमको अध्यक्षता प्रतिभा पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीले गरेका थिए पढौ पढाउँ निरन्तर शिक्षाका लागि पुस्तकालय जाउ एक स्थानीय तह एक नमुना पुस्तकालय हाम्रो अभियान सबल समाजको आधार पुस्तकालयको विकास र विस्तार समृद्ध पुस्तकालय समृद्ध समाज भन्ने नाराका साथ नेपाल सामुदायिक पुस्तकालय संघका उपाध्यक्ष ज्ञानराज भिनाडीको स्वागत मन्तव्यबाट कार्यक्रमको सुरुवात गरिएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव राज बहादुर कडायतले गरेका थिए ।
त्यसैगरी सम्मेलनले आज (शनिबार) कार्यक्रमको समापन गर्दै एक कार्यसमिति र एक सल्लाहकार समितिको चयन गरिएको छ। नेपाल सामुदायिक पुस्तकालय संघ सुदूरपश्चिमको संयोजकमा पुष्पराज जोशी चयन भएका छन । जोशी प्रतिभा सामुदायिक पुस्तकालय अत्तरियाका अध्यक्ष समेत हुन् । सामुदायिक तथा सार्वजनिक पुस्तकालयहरुको प्रादेशिक भेलाले जोशीको संयोजकत्वमा १० सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
सल्लाहकार समितिको संयोजकमा डाक्टर टिएन जोशी सर्वसम्मतबाट पारित भएका हुन् । कार्यसमितिका ९ जना सदस्यहरूमा जगन्नाथ प्रसाद रिमाल, हिरासिंह धामी, केशव सिंह, टेकराज पाण्डेय, ईश्वरी प्रसाद जोशी, टंक प्रसाद जोशी, कालीमाया भट्टराई, धर्मसिंह कुवर, टेक बहादुर हमाल रहेका छन् ।
उक्त भेलाले डा. टिन एन जोशीको संयोजकत्वमा ८ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । जसको सदस्यहरुमा रामचन्द्र नेपाल, ताराप्रसाद जोशी, धनसरी कोइराला, हेमेन्द्र भारद्धाज, टी.आर.पाठक, सिद्धराज पन्त र राज बहादुर कडायत रहेका छन ।
कार्यसमितिमा ३ जना प्रतिभा पुस्तकालयबाट मनोनित भएका छन् भने सल्लाहकार समितिमा प्रतिभा पुस्तकालयबाट एक जना मात्र मनोनित भएका हुन् । बन्द सत्रमा १५ बुँदे घोषणापत्र जारी गर्दै सुप स्तरीय कमिटीहरू गठन गरिएका हुन् ।