सुदूरपश्चिम प्रदेश सरकारले दियो बजेट निर्माणको कामलाई तिव्रता

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्षको बजेट निर्माणको कामलाई तिव्रता दिएको छ । प्रदेश सरकारले पुणर्ता पाउन नसकेको अवस्थामा पनि बजेट निर्माणको कामलाई भने तिव्रता दिईएको हो ।

अधिकांश मन्त्रालयहरु मन्त्री विहीन भए पनि कर्मचारी तवरबाट बार्षिक बजेट निर्माणका लागि काम अगाडी बढाईएको छ । आगामी आर्थिक बर्षको बजेट निर्माणले गति पाएको अवस्थामा चालु आर्थिक बर्षमा भने पुँजीगत बजेट कार्यान्वयनको अवस्था नाजुक रहेको छ । आर्थिक बर्ष सकिन दुई महिना भन्दा कम समय बाँकी रहँदा चालु आर्थिक बर्षको ५९ प्रतिशत बजेट भने खर्च हुन सकेको छैन ।

Navadurga sun
Godawari sandesh

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८१/०८२ को बजेट निर्माणको कामलाई तिव्रता दिएको छ । प्रदेश सरकारका ७ मन्त्रालय मध्ये ५ वटा मन्त्रालय विहीन भएको अवस्थामा पनि बजेट निर्माणको कामले तिव्रता पाएको हो । प्रदेश सरकारले प्रदेशको नीति तथा योजना आयोग मार्फत सुदूरपश्चिम सरकारको योजना तर्जुमा दिग्दर्शन २०७८ र सुदूरपश्चिम प्रदेश आयोजना बैंक तर्जुमा दिग्दर्शन, २०८० ल्याएकोमा सोही अनुसार सम्बन्धित मन्त्रालयहरुमा कर्मचारीहरुको तबरबाट सिलिङ अनुसार बजेट निर्माणको काम भईरहेको प्रदेशको आर्थिक मामिला मन्त्रालयले जनाएको छ । अधिकांश मन्त्रालयहरु मन्त्री विहीन भए पनि मुख्यमन्त्रीको सल्लाह र मार्ग निर्देशन अनुसार बजेट निर्माणको कामलाई अगाडी बढाईएको आर्थिक मामिला मन्त्रालयका प्रदेश सचिव कमान सिंह खत्रीले जानकारी दिनुभयो ।

Dadeldhura hospital

सुदूरपश्चिम प्रदेश सरकार आर्थिक वर्ष २०८१/०८२ को बजेटको अन्तिम तयारीमा जुटेको छ । प्रदेशमा असार १ गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । संघबाट प्राप्त हुने अनुदान, राजश्व बाँडफाँट, प्रदेशमा उठ्ने राजश्व र चालु आर्थिक वर्षको खर्च हुन नसकी बचत भएको बाँकी रकमको आधारमा प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको आकार तय गर्नेछ । सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षको लागि २९ अर्ब २६ करोडको बजेट सिलिङ ल्याएको थियो । सोही अनुसारको बजेट सिलिङ आर्थिक मामिला मन्त्रालयमा पठाएको प्रदेश नीति तथा योजना आयोगले जनाएको छ ।

प्रदेशका ७ मन्त्रालय, २ वटा आयोग, प्रदेश सभा सचिवालय, प्रदेश प्रमुखको कार्यालय, मुख्य न्याधिवक्ताको कार्यालयलाई बजेटको सिलिङ पठाइएको हो । आगामी आर्थिक वर्षका लागि संघीय सरकारले दिने अनुदान बजेट र प्रदेशको राजश्वका आधारमा चालु आर्थिक बर्षकै हारहारीमा बजेट आउने प्रदेशको आर्थिक मामिला मन्त्रालयका प्रदेश सचिव कमान सिंह खत्रीको भनाई छ ।

यता आगामी आर्थिक बर्षको बजेट निर्माणको चटारो बढेका बेला चालु आर्थिक बर्षको बजेट खर्चको अवस्था भने निकै नाजुक रहेको छ । प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार हालसम्म प्रदेश सरकारको कुल बजेटको झण्डै ३९ प्रतिशत मात्रै खर्च भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले कूल विनियोजित बजेटको हाल सम्म ११ अर्ब २१ करोड ५५ लाख ४० हजार रुपैयाँ खर्च गरेको छ । यो अवधिमा प्रदेश सरकारले चालुतर्फ ५ अर्ब ३ करोड ४४ लाख र पूँजीगत तर्फ ५ अर्ब २३ करोड ६६ लाख खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय कैलालीले जनाएको छ । कैलाली बहुमुखी क्याम्पसका सहप्राध्यापक एवम् अर्थविद् गगन घिमिरेले समग्रमा राजनीतिक गतिविधिका साथै समयमै काम नगर्ने परिपाटी तथा ऐन कानुन अभावले प्रदेशको बजेट खर्च नहुने समस्या देखिएको बताएका हुन् ।

अर्थका जानकारहरुका अनुसार विभिन्न समस्या र कठिनाईका कारणले पनि प्रदेशको विकास बजेट कार्यान्वयनमा समस्या देखिदै आएकोले यसमा सुधार गर्न आवश्यक रहेको छ ।

Loading...