आइसक्रिम उद्योगमा लापरबाही, म्याद नाघेका केमिकल

अत्तरिया- कैलालीको अत्तरियामा सञ्चालनमा रहेको एक आइसक्रिम उद्योगले लापरबाही गरेको पाईएको छ । गोदावरी नगरपालिका वडा नम्बर १ स्थीत एक आइसक्रिम उद्योगले म्याद नाघेका केमिकल प्रयोग गरिरहेको नगरपालिकाको अनुगमन टोलीले फेला पारेको हो ।

nava durga gaupalika

म्याद नाघेका केमिकल अनुगमन टोलीले जफत गरेको छ । उक्त आइसक्रिम उद्योगले सरसफाइमा पनि ध्यान नदिएको पाईएको अनुगमन टोलीले जनाएको छ ।

टोलीले उत्त आइसक्रिम उद्योगलाई सरसफाइका मापदण्ड लागु गर्न तीन दिनको समय दिँदै सुधार नगरे कारबाही गर्ने चेतावनी दिएको छ ।

Loading...