कैलाली र कञ्चनपुरबाट एकै दिन ११ लाख बढी सामान बरामद

धनगढी- कैलाली र कञ्चनपुरबाट एकै दिन ११ लाख ६१ हजार ९ सय ५६ मूल्य बढीको सामान बरामद गरिएको छ । कैलालीको बिभिन्न स्थान धनगढी उपमहानगरपालिका-१ एलएनचोक, धनगढी उपमहानगरपालिका-७ मनेहरा पेट्रोल पम्प नजिकबाट र गोदावरी नगरपालिका-४ गोदावरीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १० लाख १३ हजार २ सय मूल्य बराबरको सामान बरामद गरिएको छ ।

udhok dadeldhura

उक्त मुल्य बराबरको थान कपडा, डोर म्याट, चप्पल, गहुँ र से १ त ७५४८ नम्बरको ट्याक्टर थान-१ लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो ।

त्यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका-४ कारकिल डाडा र पुनर्वास नगरपालिका-११ डोकेबजारबाट भन्सार छलि गरि ल्याएका अन्दाजी १ लाख ४८ हजार ७ सय ५६ मूल्य बराबरको सामान बरामद गरिएको छ ।

उक्त स्थानबाट प्याज, चुरोट, सुर्ती, प्लाष्टिक जाली, बुफर र साउण्ड लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको छ ।

Loading...