नगरपालिकाद्वारा अत्तरिया बजार निरन्तर अनुगमन, पसल दर्ता गरी संचालन गर्न सुझाव

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाको अत्तरिया बजार क्षेत्रमा केही दिन यता गनगरपालिकाद्वारा निरन्तर अनुगमनमा लागेको छ । पछिल्लो समयमा यस पालिका भित्र रहेका पसलहरुलाई ब्यावस्थित बनाउन र करको दायरामा ल्याउन सुझाव सहित अनुगमनमा लागेको छ ।

गोदावरी नगरपालिकाको वडा नम्बर १ स्थित अत्तरिया बजारको धनगढी लाईनमा अनुगमन गरिएको हो । बजारमा पसल दर्ता र नविकरण गरिएको नगरिएको बारेमा अनुगमन गरिएको नगरपालिकाको राजश्व शाखा प्रमुख खगेन्द्र चौधरीले बताएका छन । नगरपालिकाले जेठ ७ गते सोमबार देखि अत्तरिया बजारमा अनुगमन सुरु गरेको थियो ।

अनुगमनका क्रममा अधिकांस पसलहरु वडामा दर्ता नभएको पाइएको राजश्व शाखा प्रमुख चौधरीले बताएका छन । दर्ता नभएकाहरुको विवरण लिएर आगामी दिनमा के कसरी अगाडि बढ्ने भन्ने बारेमा निर्णय गरिने वडा नम्बर १ का वडा सदस्य गम्भिर साउँदले बताए ।

Loading...