Division ban Pahalmanpur

लागूऔषध तथा दुव्र्यसन विरुद्धको सतसंग यात्रा

Sostya office Dadeldhura
Purbadhar dadeldhura

धनगढी- समाजमा लागूऔषध प्रयोगकर्ताहरुको संख्या बढ्दै गएपछि सतसंगका माध्यामबाट जनचेतना जगाईने भएको छ । सत्य सेवा प्रतिष्ठानले जनचेतना जगाउने भएको हो ।

Malpot office jogbudha

युवाहरु कुलतमा फसीरहेको प्रहरीको तथ्यांक रहेको बताउँदै प्रतिष्ठानका अध्यक्ष सत्यराज अवस्थीले धनगढीदेखि सुरु गरेर प्रदेशभर अभियान थालने गरिने बताए । वडा तथा विद्यालयमा सन्देशमुलक कार्यक्रम गरिने उनले बताए । चिकित्स, भजनकृतन गरेर अभियान थालनी गरिने छ । त्यसका लागि धनगढीमा एक कार्यक्रम गरी सुरुवात गरिने जनाएको छ ।

जेठ १२ गतेबाट सत्य सेवा प्रतिष्ठानले लागुऔषध दुव्र्यसन विरुद्धको सत्संग सुरू गर्ने भएको हो । बिहीवार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतिष्ठानका अध्यक्ष अवस्थीले युवाहरूलाई लागुऔषधको दलदलबाट बाहिर ल्याउन सतसंग गर्ने बताए । उनले ध्यान, भजन, प्रवचन र अन्य मनोपरामर्शको माध्यम दुव्र्यसनमा फसेकाहरूलाई मुक्त हुन सहयोग गर्ने बताए ।

अध्यक्ष अवस्थीले स्थानीय सरकार, विभिन्न संघ, संस्था र समुदायसँगको सहकार्यमा लागुऔषध विरुद्ध जनचेतना जगाउन सत्संग गरिने बताए । उनले समुदायको आवश्यकता र मागको आधारमा कार्यक्रम चलाउने बताए । पत्रकार सम्मेलनमा लागुऔषध विरुद्धको अभियानलाई सहयोग गर्ने पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले बताए ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...