कञ्चनपुरमा भन्सार छलीका सामान बरामद

कञ्चनपुर- कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ ।

जिल्लाको भीमदत्त नगरपालिका–१० गज्जर टोल, बेलौरी नगरपालिका–१० सडकघाट र पुनर्वास नगरपालिका–११ डोकेबजारबाट भन्सार छलि गरि ल्याएका करीब १ लाख ७८ हजार, ८ सय ७६ बराबरको माला, कालो माला, पहेलो पितलको तार, गणेश पत्थर, गुलाब पत्थर, लाल पत्थर, पितल, पाता, खरगोटी, रातो कपडा, कस्मेटीक लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...