भिर बाट खसेको ढुङ्गा लागेर एक पुरुषको मृत्यु

डडेल्धुरा- डडेल्धुरामा भिर बाट खसेको ढुङ्गा लागेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका–५ ठकुरी टोलका ५१ वर्षीय गणेश लुहारको ढुङ्गा लागेर मृत्यु भएको हो । 

महाकाली किनारको घोप्टे भन्ने ठाउँमा हावा–हुरीका कारण भिर बाट आएको ढुङ्गा लागेर गणेशको मृत्यु भएको प्रहरीले बताएको छ। टाउकोमा चोट लागेका उनको घटना स्थलमा मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरीले बताएको छ। इलाका प्रहरी कार्यालय, जोगबुढाको टोलीले आवश्यक अनुसन्धान गर्दैछ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...