Division ban Pahalmanpur

बाजुरमा एक महिलाको शव फेला

Sostya office Dadeldhura
Purbadhar dadeldhura

बाजुरा– बाजुरमा एक महिलाको शव फेला परेको छ । बडिमालिका नगरपालिका–६ कोर्धकी ४५ वर्षीया धौली बडुवालको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार कोर्ध गाउँबाट २ घण्टा टाढा रहेको बुढाकोर्ध लेकमा गाईवस्तु हेर्न गोठमा बस्दै आएकी उनलाई सोमबार बिहान आफन्तले मृत अवस्थामा फेला पारेका थिए ।

Malpot office jogbudha

घटना अनुसन्धानका लागि प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डीएसपी दिलिपकुमार गिरीका अनुसार धौलीको टाउको र अनुहारमा गम्भीर चोट देखिएको छ । उनी बस्ने गोठको ढोका नजिकै रगत पनि देखिएको छ ।

प्रारम्भिक अनुसन्धानमा कुटपीटबाट धौलीको हत्या भएको देखिएको प्रहरीले जनाएको छ । उनले लगाएका गरगहना र नगद उनी सँगै भएकाले लुटपाट गर्ने उद्देश्यले हत्या भएको नदेखिएको डीएसपी गिरीले बाए । उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरामा राखिएको छ ।

पोस्टमार्टमपछि भजाइनल स्वाब पनि परीक्षणका लागि काठमाडौं पठाउने तयारी छ । धौलीका श्रीमान नन्द बडुवालको २४ वर्ष पहिला नै मृत्यु भइसकेको छ । उनी छोरीसँग बस्दै आएकी थिइन् । शारीरिक अपांगता भएकी छोरी दुई दिन अघि गोठबाट गाउँ झरेकी थिइन् ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...