Division ban Pahalmanpur

बगर खेती मुक्तकमैयाको आम्दानीको स्रोत बन्दै

Sostya office Dadeldhura
Purbadhar dadeldhura

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा र कृष्णपुर जोड्ने वनहरा पुल छेउमा खरले बनेका स–साना छाप्रा देखिन्छन् । महेन्द्रनगर स्थित पूर्वपश्चिम राजमार्ग छेउमा राखिएका यी छाप्रा यहाँका किसानको जीविकोपार्जनको स्रोत बनेको छ ।

Malpot office jogbudha

राजमार्ग भएर ओहोरदोहोर गर्ने यात्रुको यहाँ खरबुजा, काँक्रा, लौका लगायत तरकारी किन्न घुइँचो लाग्ने गर्दछ । यहाँका विपन्न समुदायका नागरिकले राजमार्ग छेउमा रहेको बगरमा तरकारीखेती गरेर जीविकोपार्जन गर्दै आएका छन् । पुस/माघमा बगरमा रोपिएको तरकारी तयार भए पछि बेच्नका लागि हरेक वर्ष यसैगरी राजमार्ग छेउमा पसल थाप्ने गरेको किसान राम कृष्ण चौधरीले बताए । “बगर खेतीबाट प्रशस्त आम्दानी भइरहेको छ । लागत कटाएर दुई लाख सम्म बचत हुन्छ”, उनले भने, “दुई बिघा पाँच कठ्ठा जग्गामा खेती गरेको थिएँ ।” उनले बगर खेती सकिए पछि रोजगारीका लागि भारत जाने गरेको बताए ।
कञ्चनपुरको शुक्लाफाँटा र कृष्णपुर जोड्ने वनहरा पुल छेउमा झण्डै एक सय परिवार मुक्तकमैयाको बसोबास छ । कमैया मुक्तिको घोषणा पछि पुनःस्थापना हुँदा सरकारले पाँच कठ्ठा जग्गा दिएको थियो । खोला किनारको बलौटे जग्गामा अन्न नफल्ने भएकाले यहाँका स्थानीयलाई साँझ बिहानको छाक टार्न निकै सकस हुने गर्दछ ।

परिवारको जोहो गर्नकै लागि बगरमा तरकारी खेती गर्नु परेको मानमति रानाले बताइन् । “कमाइ खान जग्गा छैन बगर खेतीकै भर पर्नु पर्छ”, रानाले भनिन्, “बगर खेतीबाट सिजनमा दुई लाख सम्म कमाइ हुन्छ, यसले ६ महिना मात्रै खान पुग्छ।” उनले बाँकी समयमा मजदुरी गरेर जीविकोपार्जन गरिरहेको बताइन् । पहिले भारतीय नागरिक आएर बगर तथा खाली जमिनमा तरबुजा, काँक्रा, लौका, फर्सी लगायतका खेती गर्दथे । अहिले कञ्चनपुरमा त्यसरी तरकारी खेती गर्ने भारतीय नागरिक निकै कम हुँदै गएका छन् । यसले एकातिर भारतबाट विषाक्त तरकारी आयात हुन रोकेको छ भने अर्कातिर नेपाली युवाहरूले रोजगारी पाएका छन् । रासस

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...