धनगढीमा चिस्यान केन्द्र निर्माण कार्य अन्तिम चरणमा

कैलाली- धनगढी उपमहानगरपालिका-१८ फूलबारीमा चिस्यान केन्द्र कोल्डस्टोर निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।
दश करोड ५० लाख भन्दा बढीको लागतमा निर्माणाधीन दुई हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण कार्य अन्तिम चरणमा पुगेको क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन एकाइ धनगढीले जनाएको छ ।

आयोजना कार्यान्वयन एकाइका इञ्जिनीयर सौरभ कलौनीका अनुसार २०७५ मङ्सिर १८ मा रविना कन्स्ट्रक्सन निर्माण कम्पनीसँग १० करोड ५० लाख ७३ हजारमा ठेक्का सम्झौता भई २०७७ मङ्सिरसम्म निर्माण सम्पन्न गरिसक्ने भनिए पनि विभिन्न कारणले ढिलाइ भएको थियो । सङ्घीय सरकारको सहयोगमा निर्माणाधीन सो केन्द्रको ८५ प्रतिशत काम सम्पन्न भइसकेको उनले बताए ।

Navadurga sun

‘निर्माण कम्पनीको लापरबाहीका कारण निर्माणकार्य लम्बिँदै गएको थियो । पटक-पटक समयावधि थप गरेर हाल ८५ प्रतिशत कार्यसम्पन्न भएको छ । अब चाँडै बाँकी काम सक्ने गरि निर्माण कार्य भइरहेको छ, उनले भने । धनगढी उपमहानगरपालिका-१८ का वडाध्यक्ष भुवन रिजालले चिस्यान केन्द्र सञ्चालनमा आए धनगढी उपमहानगरपालिका, कैलारी गाउँपालिका लगायत त्यस क्षेत्रका किसानले उत्पादन गरेको फलफूल, तरकारी तथा आलु भण्डारणमा सहजता हुने विश्वास व्यक्त गरे ।

कृषि ज्ञान केन्द्र कैलालीका सूचना अधिकारी श्याम प्रसाद जोशीले कैलालीमा चिस्यान केन्द्र नहुँदा व्यावसायिक रूपमा फलफूल तथा तरकारीखेती गर्दै आएका किसानले समस्या झेल्नु परेको बताए । फूलबारीमा चिस्यान केन्द्र सञ्चालनमा आएपछि किसानलाई राहत हुने उनजको विश्वास छ । रासस

ADD Khali jpg
ADD Khali jpg
Loading...