टीकापुरको सिँचाइ कुलोमा डुबेर एक बालकको मृत्यु

udhok dadeldhura

धनगढी- कैलालीको टीकापुरमा सिँचाइ कुलोमा डुबेर एक बालकको शुक्रवार मृत्यु भएको छ । टीकापुर नगरपालिका-३ शंकरपुरको जमरा सिँचाइ कुलोमा डुबेर सोही ठाउँ बस्ने १३ वर्षीय बालक सिद्दान्त बि.क.को मृत्यु भएको भएको हो ।

ईलाका प्रहरी कार्यालय टिकापुरबाट प्रहरी टोली खटिई बालकलाई सिँचाइ कुलोमा मृत अवस्थामा फेला पारेको बताएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Loading...