कैलालीको अत्तरियामा ३ दिने बाख्रापालन तालिम सम्पन्न

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा न. २ को अत्तरियामा सञ्चालित ३ दिने बाख्रापालन तालिम सम्पन्न भएको छ । सहयोगी संस्था ग्रेप परियोजनासँगको सहलगानीमा गोदावरी नगरपालिकाले आयोजना गरेको तालिम आज बिहीबार सम्पन्न भएको हो ।

३ दिने बाख्रापालन तालिममा सहभागि प्रशिक्षार्थीहरूलाई प्रमाणपत्रका साथै कृषि क्षेत्रमा आवश्यक पर्ने सामग्रीहरू प्रदान गरिएको थियो । तालिममा बाख्रापालन गर्दा आउने समस्या, बाख्रा हरुको हेरचाह कसरी गर्ने, रोगहरू कसरी पत्ता लगाउने लगायतका विषयमा जानकारी दिइएको गोदावरी नगरपालिकाका नायब पशु सेवा प्राविधिक टेक शाहुले बताएका छन । साथै भेटेरिनरी अस्पताल पशु सेवा विज्ञ केन्द्रमा कार्यरत डाक्टर र नगरपालिकाको पशु सेवा शाखामा कार्यरत डाक्टरहरूले प्रशिक्षण कार्य गरेका थिए । 

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले परम्परागत कृषि त प्राय सबैले गरेका हुन्छन, यस पालिका भित्र पनि व्यवसायीक रुपमा कृषि काम गर्न सुझाव दिएका छन । हामीले प्रत्येकले घरमा ११ गाई, भैसी या बाख्रा पालेकै हुन्छौ’ उनले भने ‘अब त्यसलाई व्यवसायिकरण गर्ने बेला आएको छ, आफ्नो लागि मात्रै नभई आफ्नो आम्दानीको लागि पनि अब कृषिलाई व्यवसायीक रुपमा अघि बढाउन जरुरी छ ।’ उनले त्यसका लागि किसानहरूले सबैतिर नभई एकतिर मात्रै ध्यान दिदाँ बढी फाइदा लिन सकिने बताए । उनले त्यसो हुँदा नगरपालिकाले पनि पकेट क्षेत्रका रुपमा विकास गर्न सक्ने र नगरका तर्फबाट कृषकका मागका आधारमा आवश्यक सहयोग गर्न सक्ने बताए ।

 ३ दिने बाख्रापालन तालिममा प्रमुख अतिथिको रुपमा गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गरे । उनले नगरपालिकाले कृषि कर्म गरिरहेकाहरूलाई व्यवसायीक बनाउन उक्त तालिमको आयोजना गरेको बताउँदै त्यो तालिममा सिकेको सीपलाई सदुपयोग गरेर आत्मनिर्भर बन्ने तिर ध्यान केन्द्रित गर्न अनुरोध गरे । ‘तपाईहरु व्यवसायीक रुपमा अगाडि बढ्नुस्, ३ दिनको तालिमको पूर्ण रुपमा सदुपयोग गर्नुस्, आउँदै गरेको बजेटमा पनि कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट बिनियोजनका लागि लाग्ने बताएका छन ।

पछिल्लो समयमा तराईका जिल्लामा कृषकहरूको सबै भन्दा ठुलो समस्याको रुपमा रहेको छाडा चौपायाको व्यवस्थापनका लागि पनि नगरपालिका लागिरहेको बताए । ‘छाडा चौपायाको लागि यस अघिका जनप्रतिनिधिले १० करोड भन्दा बढी रकम खर्च गरिसकेको हामीले देख्यौ, तर समस्या जस्ताको तस्तै छ’ उनले भने ‘त्यसैले बिना योजनाको बजेट छुट्याएर आर्थिक भार थप्नु भन्दा पनि योजनावद्ध रुपमा छाडा चौपायाको व्यवस्थापनका लागि नगरपालिका लागिरहेको बताएका छन ।’

Loading...