कैलालीमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

धनगढी- कैलालीमा मोटरसाइकलले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगंगा नगरपालिका-१ बस्ने लाल बहादुर बोहराका छोरा अन्दाजी ९ वर्षका युवराज बोहरा रहेका छन् ।

प्रहरीका अनुसार हिजो गौरीगंगा-१ गोप्का स्थित बाँकेको नेपालगन्ज उपमहानगरपालिका-७ बस्ने २६ वर्षीय शैलेन्द्र श्रेष्ठले चलाएको बा प्र ०२-०२८ प ४४६० नम्बरको मोटरसाइकलले पैदलयात्री लाल बहादुरका छोरा युवराजलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले बताएको छ । मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

Loading...