दाङमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

Dadeldhura hospital

बुटवल, १२ साउन- दाङको तुल्सीपुर उपमहानगरपालिका वडा नं. ७ पर्सेनीमा बाटो निर्माणको लागि खनेको खाडलमा परेर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

तुल्सीपुरबाट बिजौरी जाँदै गरेको रा ६ प ७२५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा टरिगाउँ निवासी ३८ वर्षीय चुडामणी भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिए । लमही-तुल्सीपुर चार लेन सडकखण्ड समयमा नबन्दा दुर्घटनाको जोखिम बढेको प्रहरीले जनाएको छ ।

Loading...