Satyawati
Division ban Pahalmanpur

सुदूरपश्चिम मोबाइल व्यवसायी संघको अध्यक्षमा सापकोटा चयन

Purbadhar dadeldhura

धनगढी- नेपाल मोबाइल व्यवसायी महासंघको सुदूरपश्चिम प्रदेश अध्यक्षमा सुरेश सापकोटा चयन भएका छन् । शनिवार धनगढीमा भएको  प्रदेश स्तरीय भेलाले सापकोटालाई अध्यक्षमा चयन गर्दै प्रदेश कमिटी गठन गरेको हो ।

Malpot office dadeldhura

सामाजिक पहिचान सहितको व्यावसायिक सुरक्षा भन्ने नाराका साथ धनगढीमा सम्पन्न भेलामा नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराई प्रमुख अतिथि थिए ।  तदर्थ समितिका अध्यक्ष सापकोटाको अध्यक्षतामा सम्पन्न भेलाले १४ सदस्यीय प्रदेश समिति गठन गरेको हो ।

समितिको प्रथम उपाध्यक्षमा गङ्गा प्रसाद दाहाल, द्वितीय उपाध्यक्षमा सुरेश पाठक, महासचिवमा सुरेश बम, सचिवमा दिपक भट्ट र कोषाध्यक्षमा हिमाल लम्साल चयन भएका छन् । भेलाबाट सदस्यहरूमा क्रमशः धर्मराज जोशी, गणेश बोगटी, ठानसिंह महत, उमेश चौधरी, चन्द्रसिंह धामी, सन्तोष बोहरा, नवीन भट्ट, उमेश वन, दिपक जाग्री, सन्तोष भट्ट, कमल बुढा, सन्तोष जोशी र संगम रावल चयन भएका छन् ।

Dadeldhura Aspatal & Ban
Loading...