डोटीमा चट्याङ लागेर एक महिला घाइते

डोटी- डोटीमा चट्याङ लागेर एक महिला घाइते भएकी छन् । जिल्लाको जोरायल गाउँपालिका–४ बाँजिलेककी ३१ वर्षीया पार्वती देबि बोहरा चट्याङ लागेर घाइते भएकी हुन् । आज (शनिवार) बिहान घरमा बसिरहेको बेला हावाहुरी सहित घरमा  परेको चट्याङले बोहरा घाइते भएकी हुन् ।

चट्याङबाट बोहराको घरमा क्षती पुग्नुको साथै गोठमा रहेको १ बाख्रा समेत मरेको इलाका प्रहरी कार्यालय जोरायलले जनाएको छ । घाइते बोहराको सेती प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ ।

Loading...