गोदावरीका बाल सञ्जालका सदस्यहरू सँग अन्तरक्रिया सम्पन्न, खेलकुद सामग्री वितरण

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाको महिला तथा बालबालिका शाखाले आयोजना गरेको बाल समिति संरक्षणका सदस्यहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बैशाख २३ गते आइतबारबाट संचालन गरिएको अन्तरक्रिया कार्यक्रम मंगलबार एक कार्यक्रमका बिच पतञ्जलि योग भवनमा समापन गरिएको हो । 

गोदावरी नगरपालिकाका नगर उपप्रमुख शारदा देवी रोकायाको अध्यक्षतामा सञ्चालित समापन कार्यक्रमका विशिष्ट अतिथि नगर प्रवक्ता गोपाल दत्त भट्ट र इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक रविन्द्र कठायत रहेका थिए । 

godawari10 Mahila hinsa
Navadurga sun

कार्यक्रममा बोल्दै नगर उप प्रमुख रोकायाले आजका बालबालिका भोलिका देशका कर्णधार भएकाले बालबालिकाको विकास भए देशको विकास हुने बालबालिकालाई कुलतबाट बचाएर उनीहरूको विकास गर्न प्रहरी लगायत सबैले साथ दिनुपर्ने बताइन। उनले बालबालिकालाई सही दिशामा ल्याउन नसके भोलिको देश विकास सम्भव नभएको समेत बताइन् । 

विशिष्ट अतिथि भट्टले आमाबाबुले ठूलो सपना देखेर माया गर्दै शिक्षामा लगानी गर्नुहुन्छ राम्रो विद्यालयमा पढ्न पठाउनु हुन्छ । बालबालिकाहरूले पनि आमाबाबुको सपना साकार गर्न तिर लाग्नु पर्ने र आफूहरू कुलतमा नफसी कार्य गर्नुपर्ने कुलतमा फसेकाहरूसँग संगत नगरी अगाडि बढ्नु पर्ने बताए । बाल क्लबका पदाधिकारीहरूले पनि असल नागरिक बन्दै आफू र अरु बालबालिकाको चौतर्फी विकासको लागि लाग्नु पर्ने बताए । 

Dadeldhura hospital

समुदायमा प्रहरी साझेदारी लागूऔषध दुर्व्यसन विरुद्धको महाअभियान भन्ने नाराका साथ इलाका प्रहरी कार्यालय मालाखेतीका इलाका प्रहरीका प्रहरी निरीक्षक कठायत, प्रशनी विवेक साउद र प्रह गोपाल बहादुर कठायतले नगरपालिका शाखासँग सहकार्य गर्दै कार्यक्रममा प्रशिक्षण गरेका थिए । साइबर क्राइम लागूऔषध दुर्व्यसनी अहिले विश्वकै समस्या भएको र नेपाल पनि यसबाट अछुतो नरहेकाले नेपालमा प्रहरीको साइबर ब्युरोले यस्ता अपराधहरू हेर्ने गरेको प्रहरी निरीक्षक कठायतले  बताए । 

कार्यक्रममा बाल क्लबका पदाधिकारीहरूलाई खेलकुद सामग्री वितरण गोदावरी नगरपालिकाको कार्यालय महिला तथा बालबालिका शाखाले गरेको थियो ।कार्यक्रममा वडा स्तर र नगरस्तरमा बाल सन्जालको गठन गोदावरी नगरपालिकाको कार्यालय महिला तथा बालबालिका शाखा अत्तरिया कैलालीले गरेको थियो ।

वडास्तरमा १२ वटै वडाका सञ्जालहरूको गठन गरियो भने २५ जना सदस्यहरू रहेको नगर स्तरीय बालसञ्जालको गठन गरिएको छ । नगरस्तरीय बाल सञ्जालको अध्यक्षमा दिलिप भट्ट, उपाध्यक्षमा सबिना मगर, कोषाध्यक्षमा नवीन बोहरा, सचिवमा तुलसी ओली, सहसचिवमा अनमोल कुञ्जडा र २० जना सदस्यहरूको कमिटी बताइएको छ ।

कार्यक्रममा बालबालिकाले शिक्षा स्वास्थ्य र हिंसाबाट कसरी आगाडि बढ्ने भन्ने विषयमा पनि अन्तरक्रिया गरिएको थियो । कार्यक्रमको सञ्चालन महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी गोदावरी खत्री र प्रेमा बडु जोशीले गरेकी हुन् ।

Loading...